मध्यपुरथिमिमा एन्टिजेन परीक्षण : १० हजारको लक्ष्य, ६७२ को मात्रै परीक्षण

७ असार, भक्तपुर । कोभिड–१९ संक्रमणको जोखिम पहिचान गर्न भन्दै मध्यपुरथिमि नगरपालिकाले एकैदिन १० हजार नागरिकको एन्टिजेन परीक्षण गर्ने निर्णय गर्‍यो । प्रत्येक वडाबाट कम्तीमा ११ सय जनाको परीक्षण गर्ने गरी नेपाल–कोरिया मैत्री अस्पतालको व्यवस्थापनमा परीक्षण केन्द्रहरु निर्धारण गरिएको थियो । असार ५ गते नौवटै वडाको स्वास्थ्य संस्थामा परीक्षणका लागि आउन आग्रह गरिएको थियो । […]

सम्बन्धित सामग्री

मनाङ प्रवेश गर्न एन्टिजेन परीक्षण अनिवार्य

हिमाली जिल्ला मनाङ प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिती साथै स्थानीय तहका अध्यक्ष एवं कार्यालय प्रमुखको आइतबार बसेको...

फ्रन्टलाइनरले हप्तामा दुईपटक एन्टिजेन परीक्षण गराउनुपर्ने

सरकारले सबै प्रकारका व्यवसायहरुको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने कर्मचारीको हप्तामा दुईपटक एन्टिजेन परीक्षण गराउनुपर्ने नियम बनाएको छ।

संसद् बैठकअघि एन्टिजेन परीक्षण गर्न आह्वान

काठमाण्डाै - भोलिदेखि हुने सङ्घीय संसद्को बैठकअघि कोभिड-१९ को एन्टिजेन परीक्षण हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज विज्ञप्ति निकालेर भोलिको बैठकमा सहभागी हुनु अघि एन्टिजेन परीक्षण गराउन आग्रह गरेको हो । विज्ञप्तिमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष सांसदलगायत सबैलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ । एन्टिजेन परीक्षण दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काइ लाइट हल, नयाँ बानेश्वरमा हुनेछ ।

संसद भवनमा सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण सुरु

काठमाडौँ । आज संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको एन्टिजेन परीक्षण सुरु गरिएको छ । मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम छ । […]

प्रचण्डले गराए एन्टिजेन परीक्षण

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गराएका छन्। मंगलबार हुने प्रतिनिधिसभा बैठकको लागि प्रचण्डले सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगेर कोभिड १९ को एन्टिजेन विधिमार्फत परीक्षण गराएका हुन्। संसद् सचिवालयले मंगलबार आह्वान गरिएको प्रतिनिधिसभा बैठकको लागि सदस्यहरूलाई सोमबार कोरोना परीक्षण हुने जनाएको थियो। सोहीअनुसार प्रचण्डले आफ्नो एन्टिजेन विधिमार्फत कोरोना […]

सभामुख र सांसदहरुको एन्टिजेन परीक्षण

२७ मंसिर, काठमाडौं । संसद भवनमा सभामुखसहित सांसद र कर्मचारीहरुको आज एन्टिजेन परीक्षण सुरु गरिएको छ । मंगलबार संसदको हिउँदे अधिवेशन आह्वान भएकाले त्यसअघि संघीय संसद भवनको स्काई हलमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामिला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गर्ने कार्यक्रम […]

सबै सांसदलाई एन्टिजेन परीक्षण गराउन आह्वान

काठमाडौं : मंगलबारदेखि सुरु हुने संघीय संसद्को बैठकअघि कोरोनाको एन्टिजेन परीक्षण गराउन आह्वान गरिएको छ। संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ। एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ।

५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरले ५ दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने भएको छ।

रानी सीमानाकामा कडाई : एन्टिजेन परीक्षण अनिवार्य

विराटनगर : रानी सीमानाकामा कडाई गर्दै विराटनगर महानगरपालिकाले ‘एन्टिजेन परीक्षण’ सुरू गरेको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने खतारा न्यूनिकरणका लागि भारतबाट नेपाल प्रवेश गर्ने शंकास्पद नागरिकलाई लक्षित गर्दै महानगरले नाकामा ‘एन्टिजेन परीक्षण’ सुरू गरेको हो।भारतको महामारी फैलिएको क्षेत्रबाट नेपाल भित्रिने नागरिकलाई एन्टिजेन परीक्षण अनिवार्य गरिएको महानगरले जनाएको छ। महानगरले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको व्यक्तिगत विवरण संकलन गरि

काठमाण्डौ प्रवेश गर्दा एन्टिजेन परीक्षण अनिवार्य

काठमाण्डाै – उपत्यकाबाहिरबाट काठमाण्डौ जिल्ला प्रवेश गर्नुअघि एन्टिजेन परीक्षण अनिवार्य भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति काठमाण्डौको बैठकले काठमाण्डौ जिल्ला प्रवेश गर्ने नाकाहरूमा एन्टिजेन परीक्षण गर्ने र पोजेटिभ देखिएमा आइसोलेशनमा पठाउने निर्णय गरेको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिनुभयो ।एन्टिजेनमा नेगेटिभ आएको तर कोरोनाको लक्षण भएका व्यक्तिको पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गर्ने पनि बैठकले निर्णय गरेकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी भट्टका अनुसार काठमा...