चीनमा ५५ जना नयाँ सङ्क्रमितको पुष्टि

चीनमा गएको चौबीस घण्टामा ५५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । कोभिड १९ को डेल्टा स्वरुपको सङ्क्रमण पुष्टि भएपछि चीनमा सङ्क्रमित थपिनेको संख्यामा बृद्धि भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५५ जनामध्ये ३० जना समुदायबाट सङ्क्रमित हुन पुगेका छन् । १९ जना जियाङ्ग्सु, छ जना हुनान, दुई जना चोङ्गकिङ, फुजियान, सिचुआन र लिओनिङ्गका एक एक जना छन् ।