काठमाडौँका नवनिर्वाचित सांसदसँग सहकार्य गर्न आतुर छु: बालेन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सबै सदस्यसँग सहकार्यको लागि आतुर भएको बताएका छन्। काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन सबैको साथ आवश्यक हुने भएकोले सहकार्य गर्न आतुर भएको बताएका हुन्। सामाजिक सजाल फेसबुकमार्फत बालेनले यस्तो आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘काठमाडौँ महानगरपालिका देशकै राजधानी हो। देशभरीका मानिसहरुको […]

सम्बन्धित सामग्री

काठमाडौँका निर्वाचित सांसदहरुलाई बालेनले दिए बधाई, भने– सहकार्यका लागि आतुर छु

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँका निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएका छन् । शाहले निर्वाचित सांसदहरूसँग सहकार्य गरेर  महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन आफू आतुर रहेको बताएका हुन् ।उनले लेखेका छन्, ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरूको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ ।  काठमाडौँ महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौँ महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौँ महानग

काठमाडौंबाट चुनाव जित्नेलाई बालेनको बधाई, भने : सहकार्य गर्न आतुर छौं

८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुलाई बधाई दिएका छन् । सामजिक सञ्जाल मार्फत काठमाडौंका ९ जना सांसदको तस्वीर राखेर बधाई दिँदै बालेनले महानगर सहकार्य गर्न आतुर रहेको बताएका हुन् । उनले काठमाडौं १० बाहेक अरु सबै क्षेत्रबाट निर्वाचित सांसदको तस्वीर राखेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर […]