आजदेखि नानो युरिया मल बजारमा, एक लिटरले एक बिगाहालाई पुग्ने

रासायनिक मलको अभाव भइरहेको अवस्थामा सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको जानकारी गराए ।प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको र आजदेखि बजारमा उपलब्ध भएको जानकारी दिए ।एक लिटर मलको मूल्य ८०० रुपैयाँ पर्ने र एक लिटर मलले एक बिगाहालाई नाइट्रोजन दिने उनको भनाइ छ । कृषि अनुसन्धान

सम्बन्धित सामग्री

चाैधरी ग्रुपले बेच्न थाल्यो तरल युरिया मल 'नानो'

चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोले नानो युरिया मल नेपाली बजारमा बिक्री गर्न थालेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा भारतका पूर्व केन्द्रीय रेलवे मन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयूक्त रुपमा नानो युरिया नेपालमा भित्रिएको घोषणा गरे । उक्त मल भारतको इण्डियन फार्मर फर्टिलाइजर कोअपरेटिभ लिमिटेड युनिटले उत्पादन गर्दै आएको छ । नेपालमा भने सिजी–आईएफएफसीओको नामबाट नेपालमा बिक्री गरिने छ ।

सिजीले ल्यायो नानो युरिया झोल मल

चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोले नानो युरिया मल बजारमा ल्याएको छ । यो झोल मल भारतको ‘इन्डियन फर्मर फर्टिलाइजर कर्पोरेटिभ लिमिटेड’ले उत्पादन गरेको हो । यसलाई अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि...

नानो युरिया मलको बिक्री सुरु

काठमाण्डाै – नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गत रहेको सीजी एग्रोले बिक्री सुरु गरेको हो । आज आइतवार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरूपमा नानो युरिया मल नेपालमा बिक्री सुरु भएको घोषणा गर्नुभयो । इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इन्डियाले उत्पादन गरेको मललाई 'सिजी–आइएफएफसिओ' नाम दिइएको छ । याे मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु,...

नानो युरिया मल बिक्री सुरु

काठमाडौँ – नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ। नानो युरिया मललाई नेपालमा चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोले बिक्री सुरु गरेको हो। आइतबार एक कार्यक्रमबीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रूपमा नानो युरिया मल नेपालमा बिक्री–वितरण सुरु भएको बताए। इन्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इन्डियाले […]

नेपालमा नानो युरिया मलको बिक्री सुरु

काठमाडौं । नेपालमा नानो युरिया मलको बिक्री सुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गतको सिजी एग्रोले बिक्री सुरु गरेको हो । आइतबार एक कार्यक्रमकाबीच भारतका पूर्व केन्द्रीय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरुपमा नानो युरिया मल नेपालमा बिक्री वितरण सुरु भएको घोषणा गर्नुभयो । इण्डियन फार्मर […]

नानो युरिया मल नेपाल भित्र्याउँदै चौधरी ग्रुप

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजी एग्रोले नानो युरिया मल बिक्री गर्ने भएको छ । नेपालको कृषि बजारका लागि उपयुक्त मानिएको मल नानो युरियाको बिक्री वितरण सुरु गर्ने विषयको औपारिक घोषणा आजै पत्रकार सम्मेलनमार्फत गर्न लागिएको छ । चौधरी ग्रुप तथा इफ्को इन्डियाबीच रणनीतिक साझेदारी घोषणा हुँदैछ । चौधरी ग्रुपले विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको […]

असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुन्छ : मन्त्री यादव

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले आउँदो असार १५ गतेसम्म ८० हजार मेट्रिक टन मल उपलब्ध हुने दाबी गर्नुभएकाे छ । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधि सभामा भइरहको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले साल्ट ट्रेडिङले ठेक्का लगाएको मल असार १५ गतेसम्म आइपुग्ने बताउनुभएको हो । यस्तै सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत भारतसँग खरिद गर्ने मल पनि चाँडै ल्याउने पहल भइरहेको उहाँले बताउनुभयो । यस्तै रासायनिक मलको सट्टा नानो युरिया मल ...

झोल युरिया मल ल्याउन अनुमति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल नानो युरिया मल बिक्री वितरणका लागि अनुमति दिएको छ ।यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइनेमा अब झोल युरिया मल पनि ल्याउन पाइने कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नानो युरिया मल प्रयोग गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।