निर्देशक सुदर्शन थापाले दिए पत्रकारलाई कानको जाली फुटाइदिने धम्की

निर्देशक सुदर्शन थापाले समाचारको विषयलाई लिएर चलचित्र पत्रकारको कानको जाली फुटाइदिने धम्की दिएका छन् । उनले आफ्नो निर्देशन रहेको गत शुक्रबारबाट प्रदर्शन आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले हलमा राम्रो व्यापार नगरेको आसयसहित समाचार लेखेको भन्दै पत्रकार सुजन श्रेष्ठलाई कानको जाली फुटाइदिने धम्की दिएका हुन् ।निर्देशक थापाले पत्रकार श्रेष्ठलाई फोनमार्फत धम्की दिएका हुन् । जसको अडियो अहिले सामाजिक संजालमा फैलिएको छ । अडियोमा उनले सुजनलाई फिल्म चलेको बेलामा समाचार नलेखेको तर सो सकिएपछि गलत