गोरखा, १२ असोज । मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि जिल्लाको धार्चे गाउँपालिका(२ केरौँजाका दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजुकुमार क्षेष्ठले जानकारी दिए । धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पर्वतारोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर […]