मकवानपुर १ : राप्रपाका दिपक सिंह विजयी, कमल थापा तेस्रो

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनालाई दुई हजार ३८२ मतान्तरले पछि पार्दै सिंहले जित निकालेका हुन्। राप्रपाका केन्द्रीय...

सम्बन्धित सामग्री

मकवानपुर–१ मा कमल थापा २ हजार ७५० मतले पछि परे, डिनाको अग्रता कायमै

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २ हजार ७५० मतले पछि परेका छन् ।सो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले १६ हजार ३८६ मतसहित अग्रता कायम राखेकी छन् । ४६ हजार ६५६ मत गणना हुँदा एमाले उम्मेदवार कमल थापा भने १३ हजार ६१८ मतसहित डिनालाई पछ्याइरहेका छन् ।यस्तै, राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले १० हजार ९३२ मत पाएका छन् ।

मकवानपुर -१ मा फेरि बढ्यो डिनाको अग्रता, कमल थापा पछ्याउँदै

प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले फेरि अग्रता बढाएकी छिन् । सुरुवातदेखि नै अग्रता लिएकी उनले त्यसलाई कायम राख्दै आएकी छिन् । थापा विरुद्ध डिना २ हजार ७०३ मतको अग्रता बनाएकी छिन् ।निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा डिनासंगको मतान्तर कम गर्न संघर्षरत छन् । ३३ हजार ६२ मत गन्दा डिनाले १२ हजार ४९२ मत पाएकी छिन् भने थापाले ९ हजार ७८९ मत ल्याएका छन् ।

मकवानपुर १ मा डिना थापाको अग्रता, पछ्याउँदै कमल थापा

काठमाडौं । मकवानपुर १ मा गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कमल थापासँगको अग्रता फराकिलो बनाउँदै लगेकी छन् । एमालेको समर्थनमा उमेदवार बनेका थापा मतमा धेरै पछाडि परेका छन् । डिनाले ७ हजार ५८० मत ल्याउँदा थापाले ५ हजार १०८ मत मात्र ल्याएका छन् । २ हजार ४७२ मतले डिनाले अग्रता लिएकी […]

मकवानपुर १ मा मतान्तर बढाउँदै डिना, कमल थापा पछाडि

हेटौँडा – मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका कमल थापा २ हजार १ सय ४८ मतले पछि पर्नुभएको छ । १५ हजार १ सय ४९ मत गणना हुँदा एमाले उम्मेदवार थापाले ४ हजार ८ सय ४ मत पाउनुभएको छ । सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ६ हजार ९ सय ५२ मत प्राप्त गर्नुभएको छ । उहाँ एमाले उम्मेदवार थापाभन्दा २ हजार १ सय ४८ मतले अघि हुनुहुन्छ । राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले १ हजार ८ सय ९ मत पाउनुभएको छ ।

मकवानपुर १ मा कांग्रेसकी उपाध्यायलाई अग्रता, कमल थापा ५ सय ५४ मतले पछि

मकवानपुर – मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मि डीना उपाध्यायले अग्रता कायम राख्नुभएकाे छ ।  अहिलेसम्मकाे दुई हजार एक सय २७ मतगणनामा कांग्रेसकी उपाध्यायले एक हजार एक सय ९२ मत प्राप्त गर्नुभएकाे छ । सूर्य चिह्नका उम्मेदवार कमल थापा उहाँभन्दा धेरै मतले पछाडि हुनुहुन्छ ।  थापाले छ सय ३८ मत प्राप्त गर्दा कांग्रेसकी उपाध्यायसँगकाे मतान्तर पाँच सय ५४ पुगेकाे छ । यस्तै राप्रपाका दीपकबहादुर सिंहले ६५ मत प्राप्त गर्नुभएकाे छ ।

मकवानपुर १ मा कांग्रेसबाट डिना, प्रदेशमा बानियाँ र पराजुली

हेटौंडा : नेपाली कांग्रेसले आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना उम्मेदवार बन्ने पक्का भएको छ। शनिबार राति मकवानपुर १ बाट डिनाको नाम फाइनल भएको हो। यस क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि चुनावी मैदानमा उत्रेका छन्। उनलाई एमालेले सघाउने भएको छ। यता प्रदेशतर्फ…

कमल थापा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने, बालकोटबाट हेटौंडा हानिए

काठमाडौं, २२ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् । अहिले भर्खरै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासबाट उनी टिकट लिएर मकवानपुर प्रस्थान गरेका छन् । यसअघि मकवानपुरमा एमालेले कमल थापालाई सिट नछोड्ने चर्चा थियो । थापा मकवानपुर-१ बाट चुनाव लड्ने भएका हुन् ।

कमल थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय अध्यक्ष थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस भएका हुन्। थापालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरक

कमल थापा मकवानपुर-१ बाट सिफारिस

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापा आगामी संघीय चुनावमा मकवानपुर- १ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ। शनिबार हेटौँडामा बसेको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष […]