काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान उपलब्ध गराइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्राचार गरेको छ। कांग्रेसले बिहीबार समाज कल्याण परिषद् अन्तर्गतको विभागलाई यही पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णयअनुसार आवश्यक स्थल उपलब्ध गराउन औपचारिक पत्राचार गरेको हो। आयोजक समितिका सदस्य रमेश प्रसाद धमलाले परिषद् प्रमुखलाई सम्बोधन गर्दै सहयोगका लागि अनुरोध गरेका छन्। […]
प्रधानमन्त्री सुशीला कार्कीसँग बिहीबार भएको छलफल क्रममा सरकारका प्रतिनिधिहरूले 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान' का संयोजक प्रसाईंलाई यस्तो सुझाव दिएका हुन्।
१७ पुस, मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका …
१७ पुस, काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १२ करोड ३३ लाख रुपैयाँ बराबर रकम जम्मा भएको छ ।
अर्थ मन्त्रालयका अनुसार बिहीबारसम्म कोषमा उक्त परिमाण बराबर रकम जम्मा भएको हो । २३ …