कर्पोरेट डेभलपमेण्ट बैंकको साधारण सभा फागुन २२ मा, ५.२६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले फागुन २२ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ५० करोडको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बोनसपछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ५० लाख कायम हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत हुनेछ । सञ्चालक समितिको संख्या ९ बाट ७ गर्नुपर्ने भएकाले सञ्चालक समितिलाई सोहीबमोजिम गर्न÷गराउन अख्तियारी दिने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन फागुन ९ गते सार्वजनिक बिदा पर्ने भएकाले फागुन ८ गतेसम्म कायम शेयरधनीहरू लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

सम्बन्धित सामग्री

८ ओटा विकास बैंकले घोषणा गरे लाभांश : सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको

पुस १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १६ ओटा विकास बैंक मध्ये ८ ओटा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  ८ ओटै विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका ८ ओटा कम्पनीमध्ये ५ ओटा कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् ।  कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, सांग्रिला डेभलपमेण्ट बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका ५ ओटा कम्पनीमध्ये सांग्रिला डेभलपमेण्ट बैंकले बोनस शेयर सूचीकृत गराइसकेको छ भने बाँकी कम्पनीको सूचीकरण हुने प्रक्रियामा रहेको छ ।  साधारण सभा गर्न बाँकी तीन ओटा कम्पनीमध्ये ज्योति विकास बैंकले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले ११ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, महालक्ष्मी विकास बैंकले लाभांश पारितका लागि पुस २५ गते साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली, टुडिखेलमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, मितेरी डेभलपमेण्ट बैंकले लाभांश पारितका लागि पुस २८ गते साधारण सभा बोलाएको हो । सभा सुनसरी उद्योग वाणिज्य संघ, सुनसरीमा बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ । सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशलमव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, नारायणी डेभलपमेण्ट बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकले भने गत आवको मुनाफबाट शेयरधनीलाई भने कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् । नारायणी डेभलपमेण्ट बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । सभाले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव र आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  त्यसैगरी कर्पोरेट डेभलपमेण्ट बैंकले पुस ३० गते साधारण सभा गर्ने जानकारी गराएको हो । सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गर्न बाँकी अझै ६ ओटा कम्पनी रहेका छन् । एक्सेल डेभलपमेण्ट बैंक, गरिमा विकास बैंक, कर्णाली डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेण्ट बैंक र सप्तकोशी डेभलमेन्ट बैंक रहेका छन् ।  हालसम्ममा लाभांश प्रस्ताव गरेका ८ ओटा कम्पनी मध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले कुल २१ दशलमव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले २० प्रतिशत बोनस शेयर १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  तलको टेबलमा अघिल्लो आवको लाभांश पनि राखिएको छ । यस आधारमा मितेरी डेभलपमेण्ट बैंक बाहेक बाँकी कम्पनीले अघिल्लो आवको भन्दा गत आवमा लाभांश दर बढाएका छन् । मितेरी डेभलपमेण्ट बैंकले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरको थियो ।                                                                              स्रोत : कम्पनीद्वारा प्रकाशित सूचना