पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारलाई पनि पीडा भइरहेको छ – उद्योग मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सरकारलाई पनि पीडा भइरहेको बताएका छन् । आज प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै मूल्य बढाउँदा सरकारलाई पीडा बोध भइरहेको बताएका हुन् ।तर, मूल्यवृद्धि सरकारको रहन नभइ बाध्यता भएको मन्त्री बडूले बताए । अब आगामी आर्थिक वर्षदेखि पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीमार्फत गर्ने तयारी भइरहेको उनको भनाइ छ । यसैगरी, यसअघि बनिरहेको नियमावलीका कारणले बजारमा रहेको स्टकबाट सरकारले घाटा व्यहोर्ने र लाभ मात्रै