इरानका सर्वोच्च नेता मोज्तबा घरको काम गर्थे, छोरी फुटबल खेल्थिन्!

फरीदुद्दिनका अनुसार ५७ वर्षीय मोज्तबा घरमा हुँदा आफ्ना तीन बच्चाको हेरचाहमा सक्रिय हुन्थे। उनी परिवारका लागि चिया बनाउँथे र चिया खाइसकेपछि गिलास उठाएर धुन्थे पनि। मोज्तबाको जीवनशैली पनि साधारण थियो। इरानको धार्मिक सहर कोममा बस्दा उनीहरू सीमित सामान भएको सामान्य घरमा बस्थे।