सुनसरी – सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बी.एस. होटलबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ का २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ का वर्ष ३५ का विद्यानन्द राम रहेका छन् । उनीहरूकाे साथबाट प्रहरीले दुई थान अटोमेटिक पेस्तोल, तीन राउन्ड गाेली र चार थान म्यागजिन बरामद गरेको छ ।बरामद हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज मङ्गलवार पत्रका...