सत्ता वृत्तमा रहेका नेताहरूले पुन: आफ्नो असली रूप देखाएका छन् ।
अस्थिर सरकार नै ठूलो कमजोरी रहेको हुँदा पार्टी एकीकरण गर्ने भन्दै चुनावमा गएको वाम गठबन्धनलाई जिताएको खण्डमा स्थायी सरकार बन्ने र त्यसमा टेकेर समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार हुने अपेक्षासहित जनताले झण्डै दुई तिहाइ मत दिएका थिए ।
समृद्ध नेपाल, सुखी नेपालीको नारा तुहिएको संकेत सरकार बनेको १ वर्ष बितेलगत्तै शुरू भएको सत्ता कलहले दिइसकेको थियो ।
प्रचण्ड र केपी शर्मा ओली बीचको लुछाचुँडी, आरोपप्रत्यारोप र आफ्नापछाडि कति टाउका रहेका छन् भन्ने प्रत...