उपराष्ट्रपति बन्न नसकेका अमियकुमार : फेरि कांग्रेसले सम्मान गर्ने आस

देशमा प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिदेखि सभामुख बन्नेसम्मको चर्चा चुलिएको छ । यस्तोमा काँग्रेस महासमिति सदस्य अमियकुमार यादव ‘अमिरी’ को पनि कान ठाडो भएको छ । नहोस् पनि किन, आखिर अमियकुमार यादव यसअघि २०७२ मा काँग्रेसको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार जो बनेका थिए । सिरहा, कजारका यादवलाई त्यतिबेला पार्टीले उम्मेदवारी दिन लगाएको थियो । यसपटक भने उनी आफै पनि उम्मेदवार बन्न इच्छुक छन् । २०७२ मा उपराष्ट्रपतिको उम्मेदवार बन्दा यादव संविधान सभाका सदस्य पनि थिए । माओवादी क