रामपुर (पाल्पा)- यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पुर्याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए । तिहारमा पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढ्दो […]
काठमाडौं – काठमाडौंको मुटुमा अवस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन दाजुभाइ वा दिदीबहिनी नभएका व्यक्तिहरूका लागि विशेष गन्तव्यको रूपमा चिनिन्छ । वर्षमा केवल यही एक दिन, भाइटीकाको अवसरमा मात्र भक्तजनले मन्दिरमा टिका लगाउन पाउँछन् । यो परम्परा मल्लकालदेखि चल्दै आएको छ र आज पनि भाइटीकामा हजारौं भक्तजनका लागि सांस्कृतिक र भावनात्मक अवसर प्रदान गर्छ । […]
ढोरपाटन (बागलुङ)- तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ । यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन् । गाउँ, टोल र छिमेक भैलीमय बनेको छ । तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष […]
तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरंगी टीका लगाइदिने चलन छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने र उपहार तथा दक्षिणा दिने चलन छ। सदाझैँ यस वर्ष पनि भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा टीका […]
पर्वत- पर्यटकीय पूर्वाधार विस्तार भएसँगै पर्वत, म्याग्दी र कास्कीको सिमानामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । वर्षायाम सकिएलगत्तै दैनिकजसो दर्जनौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ घुम्न र अवलोकन गर्न पुग्ने गरेका हुन् । जलजलालाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा […]