‘सेन्चुरी डिबेन्चर २०८८’ नेप्सेमा सूचीकृत

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले जारी गरेको ‘सेन्चुरी डिबेन्चर २०८८’ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । बैंकले जारी गरेको १० वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको...

सम्बन्धित सामग्री

दुई विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुईओटा विकास बैंकका ऋणपत्रहरू सूचीकृत भएका छन् । नेप्सेमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकका ऋणपत्रहरू सूचीकृत भएका हुन् । महालक्ष्मीको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ र लुम्बिनीको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र सूचीकृत भएका छन् । महालक्ष्मी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् ।  त्यस्तै लुम्बिनी विकास बैंकको कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो पनि १० वर्षे अवधिको ऋणपत्र हो । यसमा पनि लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् । यी दुवै ऋणपत्र आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

‘१०.७५% एसबिएल डिबेन्चर २०८९’ नेप्सेमा सूचीकृत

सिद्घार्थ बैंक र नेपाल स्टक एक्सचेञ्जबीच चार अर्बको १० वर्ष अवधी भएको ‘१०.७५ प्रतिशत एसबिएल डिबेन्चर (ऋणपत्र) २०८९’ को अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको चालिस लाख कित्ता ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि खुला बिक्री आव्हान गरेको थियो । […]

सिद्धार्थ बैंकको डिबेन्चर २०८९ नेप्सेमा सूचीकृत

सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेञ्ज बीच बैंकको डिबेन्चर सूचीकृतगर्ने सम्झौता भएको छ।

‘१०.७५% एसबीएल डिबेन्चर’ नेप्सेमा सूचीकृत

सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच ‘१०.७५% एसबीएल डिबेन्चर’ सूचीकृत सम्बन्धी सम्झौता भएको छ ।  साउन ३१ गते भएको सम्झौताअनुसार चार अर्बको १० वर्ष अवधि भएको डिबेन्चर नेप्सेमा सूचीकरण भएको हो ।  उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र नेप्सेको तर्फबाट नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले हस्ताक्षर गरे ।

सेन्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं, १७ असार । नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत २१ वैशाखदेखि ४ जेठसम्म दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ‘१०।५० प्रतिशत सेन्चुरी डिबेन्चर २०८८’ को नाममा ऋणपत्र जारी गरेको हो । यस […]

पाँच महिनामा ७० अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत

चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाभित्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ७० अर्ब ७४ करोड रुपैयाँ बराबरको थप धितोपत्र (सेयर) सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत कम्पनीको संख्या मंसिर मसान्तसम्म २२४ पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा मंसिर मसान्तसम्म पूँजी बजारको अवस्थाबारे तथ्याङ्क उल्लेख छ ।  साउनदेखि मंसिरसम्म ४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, नौ अर्ब ४६ करोड बराबरको साधारण सेयर, आठ अर्ब ९३ करोड बराबरको

ग्लोबल आईएमई बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत

काठमाडौं । ग्लोबल आईएमई बैंकको '८.५५ ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६/८७' ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्षअवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरलेप्रत्येक आर्थिक वर्षको ६/६ महिनामा ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकको ८.५० % डिबेन्चर २०८६/८७ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंक लिमिटेडको “८.५० % ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७” ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।  १० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ । यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ए रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ ।  ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिङलाई पनि रेटिङ  एजेन्सी इक्रा नेपाल लिमिटेडल...

८.७५% प्राइम डिबेन्चर नेप्सेमा सूचीकृत

प्राइम कमर्सियल बैंंकले निष्काशन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र एक हजार रुपैयाँ दरको दुई अर्ब ४४ करोड ७९ लदा ६३ हजार रुपैयाँ बराबरको २४ लाख ४७ हजार ९६३ थान डिवेन्चर नेपाल स्टक एक्सचेञ्जमा कारोकार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट निमित्त प्रमुख कार्यकारी […]

लक्ष्मी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं (अस) लक्ष्मी बैंकले निष्कासन गरेको २ अर्ब मूल्य बराबरको ८.५५ लक्ष्मी बैंक डिबेन्चर, २०८८ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सूचीकरणपछि यो ऋणपत्र नेप्सेमा दोस्रो बजार कारोबार गर्न सकिनेछ । बिहीबार सो ऋणपत्र सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल तथा लक्ष्मी बैंकका प्रमुखकार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरे ।