राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

काठमाडौँ–  राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका हुन् । राष्ट्रपति पौडेलले आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका ग्रहण गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामसहितका फलफूल तथा विभिन्न उपहार प्रदान गरेका […]