प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  गठबन्धनको सरकार बनेपछि पहिलोपटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।  कोरोना संकट, सरकार बनेको ६ महिनाको समीक्षालगायतका विषयमा दिउँसो ३ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।  सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।