तोलामा तीन सयले बढ्यो सुन मूल्य

काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मुल्य तोलामा तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३ सय रुपेयाँ कायम भएको छ । अघिल्लो तीन दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको थियो । त्यस्तै तेजाबी सुन […]

सम्बन्धित सामग्री

तोलामा एक हजार रुपैयाँले बढ्यो सुन मूल्य

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ रुपैयाँमा क

तोलामा ७०० ले बढ्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैंयाले बढेर छापावाल सुन ९३ हजार ३०० पुगेको छ। हिजो ९२ हजार ६०० मा किनबेच भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९२ हजार ८०० कायम भएको छ। तेजाबी सुन मूल्य हिजो प्रतितोला ९२ हजार १०० थियो।  त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाले बढेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ।

६ सयले बढ्यो सुनको मूल्य

गत आइतबार ४ सय रुपैयाँ घट्दा प्रतितोला ९० हजार ३ सय रुपैयाँ भएको थियो । सोमबार तोलामा ३ सय रुपैयाँले बढेको सुन मूल्य मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो ।

बढ्न थाल्यो सुनको मूल्य

काठमाडौं । कोरोना विपद् कम हुँदै गएपछि घट्न थालेको सुनको मुल्य पुनः बढ्न थालेको छ । कोरोना संकटमा ह्वात्तै बढेको सुनको मूल्य पछिल्ला महीनामा घट्दै गएको थियो । बुधवार भने तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार पुगेको छ, जुन पछिल्लो साढे २ महीनायताकै सबैभन्दा बढी हो । यसअघि माघ २१ गते सुनको मूल्य प्रतितोला रू. ९२ हजार रहेको थियो । त्यसयता मूल्य घट्दै चैत १८ गते प्रतितोला रू. ८५ हजार ५०० मा झरेको थियो । चैत १९ गते यतादेखि भने सुनको मूल्य निरन्तर बढ्दै आएको छ । मंगलवार सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० थियो । बुधवार एकैपटक १३०० रुपैयाँले बढेर रू. ९२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । पछिल्लो समय अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हुँदा सुनको मूल्य बढेको हो । नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग पेग्ड छ । त्यो अवस्थामा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा सुनको मूल्य बढेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘हामीले डलरमा नै सुन आयात गर्नुपर्छ । त्यो अवस्थामा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः बढ्छ,’ उनले भने, ‘तर, अन्य मुलुकहरूमा भने यस्तो हुँदैन । अन्य मुलुकमा डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने सम्भावना हुन्छ । दक्षिण एशियाली मुलुकमा प्राविधिक रूपमा त्यो सम्भव छैन ।’ केही समयअघि ११६ रुपैयाँको हाराहारीमा रहेको डलरको मूल्य अहिले बढेर १२० रुपैयाँभन्दा बढी भएको छ । यसरी डलरको मूल्य बढ्दा आयात महँगो हुन गई सुनको मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढ्यो भने लगानी डलरतिर नै जान्छ र लगानीकर्ताहरूले सुनको विक्री बढाउँछन् । त्यसैले अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य बढ्यो भने सुनको मूल्य घट्ने सैद्धान्तिक मान्यता छ । तर, दक्षिण एशियाली मुलुकमा भने डलरको मूल्य बढ्दा सुनको मूल्य पनि बढ्ने शाक्य बताउँछन् । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढेको शाक्यको भनाइ छ । अन्तरराष्ट्रिय बजारको मूल्यअनुसार पनि नेपालमा सुनको मूल्य निर्धारण गरिन्छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । त्यसको असर नेपालमा यसको मूल्य बढ्न थालेको शाक्य बताउँछन् । पछिल्लो समय दक्षिणा एशियामा डलर बलियो भए पनि अन्तरराष्ट्रिय बजारमा भने कमजोर हुँदै गएको छ । फलतः लगानीकर्ताहरूले डलर छोडेर सुनतिर लगानी बढाएका छन् । त्यसको असरले नै अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि बढेको शाक्यको भनाइ छ । केही समयअघि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस (२.६६७ तोला) १६८० डलर थियो । तर, अहिले त्यो बढेर १७८३ सम्म पुगेको छ । यसरी अन्तरराष्ट्रिय बजारमा सुन मूल्य बढेपछि नेपालमा पनि बढेको शाक्यको भनाइ छ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा लगानीकर्ताहरुले सुनतर्फ लगानी बढाएका थिए । त्यसैले यसको मूल्य बढेर नयाँ उचाइमा पुगेको थियो । नेपालमा पनि गत साउन २३ गते सुनको मुल्य प्रतितोला १ लाख ३ हजार ५०० पुगेको थियो । मूल्य बढे पनि यसको कारोबारमा भने कुनै कमी नआएको शाक्य बताउँछन् । ‘अहिले विवाहको लगनका कारण मूल्य बढे पनि कारोबारमा कुनै असर पुगेको छैन । सुनका गरगहनाको माग बढ्दो नै छ,’ उनले भने, ‘अहिले दैनिक ४० केजीभन्दा बढी सुन खपत हुने गरेको छ । विवाहको सिजन सकिएपछि के हुन्छ भन्न सकिँदैन ।’