नेपाल प्रहरीले बैंकिङ कसुर तथा वैदेशिक रोजगार ठगीमा संलग्न फरार दुई जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरि नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो। कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेकी प्रतिवादी पुन्यवती जोशीलाई चन्द्रागिरि नगरपालिका–७, हसनटारबाट पक्राउ गरिएको हो। नुवाकोटको […]