युद्ध संग्रहालयको बहानामा डाँडामा भ्युटावर

सुर्खेत। कर्णाली राजमार्गमै पर्ने पिलीबाट उत्तर पश्चिमतर्फ झन्डै ७०० मिटर उक्लिएपछि एउटा डाँडामा पुगिन्छ। कालिकोटको खाँडाचक्र नगरपालिका–७ मा पर्ने यो डाँडामा एउटा अग्लो र गोलाकार भवन छ। त्यो हो, पिली भ्युटावर। यद्यपि, यो भ्युटावरको टुप्पोबाट जेजति दृश्य देखिन्छ, त्यति भुइँबाटै पनि देखिन्छ। एकहिसाबले पहाडका थुम्काहरू आफैँमा भ्युटावर हुन्। प्राकृतिक सुन्दरताको बीचमा कंक्रिटको संरचना थपिनाले उल्टै […]