चुनावमा पनि इन्धन नियमित हुन्छ : नेपाल आयल निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न आमसर्वसाधारणलाई आग्रह गरेको छ। निगमले आसन्न निर्वाचनका क्रममा पनि इन्धन आपूर्ति निरन्तर रहने स्पष्ट पारेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार जारी सूचनामार्फत इन्धन आयात पाइपलाइनमार्फत नियमित भइरहेको जानकारी दिएका छन्। उनले चुनावको समयमा समेत पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आयात जारी […]