प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस पटक नयाँ पुस्ताका मतदाता अर्थात् ‘जेनजी’ को उत्साह उल्लेख्य देखिएको छ। पहिलोपटक मतदान गर्ने तथा विदेशबाट फर्किएर मतदानमा सहभागी भएका युवाले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन्। तीन वर्षदेखि अध्ययनका लागि क्यानडामा बस्दै आएकी २५ वर्षीया सुजानी श्रेष्ठ यस पटकको निर्वाचनमा सहभागी हुन नेपाल फर्किएकी छन्। डिल्लीबजारस्थित पद्यकन्या विद्याश्रममा मतदान […]