माले- खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै दिन गराउने सरकारी प्रस्तावलाई माल्दिभ्सका मतदाताले जनमतमार्फत अस्वीकार गरेका छन् । शनिबार सम्पन्न जनमत सङ्ग्रहको आधिकारिक नतिजाअनुसार ६८.७७ प्रतिशत मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् । यसले सरकारको योजना स्पष्ट रूपमा खारेज भएको देखाएको छ । निर्वाचन आयोगका अनुसार करिब दुई लाख ९४ हजार मतदाता रहेको […]