अर्को स्पेनिस क्लबको स्वामित्व लिँदै लिओनल मेसी

अमेरिकी क्लब  इन्टर मायमीका अर्जेन्टाइन स्टार फुटबलर लिओनल मेसीले स्पेनको दोस्रो डिभिजनको फुटबल क्लब सिडी एल्डेन्सेको १०० प्रतिशत सेयर खरिद गर्ने सैद्धान्तिक सहमति गरेका छन्। भविष्यमा स्पेनको क्याटालोनियामा बस्ने योजना बनाएका मेसीको यो कदमले स्पेनिस फुटबलमा उनको व्यापारिक उपस्थिति अझ मजबुत बनाउनेछ। प्राविधिक तथा वित्तीय जाँच प्रक्रिया सकिएपछि कुनै तेस्रो पक्षको संलग्नताबिना...