नेपाल टेलिकमले हिमालपारीको मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेसक्याम्पमा नयाँ बीटीएस स्थापना गरी आजदेखि 2G तथा 4G मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। तिलिचोताल जाने रुट करिब ४३५० मिटरको उचाइमा रहेको यस क्षेत्रमा सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दा, पर्यटक र व्यवसायीहरूले सञ्चार सम्पर्क गर्न र डिजिटल भुक्तानी प्रणालीमा सहज पहुँच पाउने विश्वास व्यक्त गरिएको छ। […]