महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा शनिबार भक्तजनको ठूलो घुइँचो लागेको छ। डडेलधुरा सदरमुकामबाट चार किलोमिटर उत्तरतर्फ अवस्थित मन्दिरमा अष्टमी मेला भर्न र पूजाअर्चना गर्न सुदूरपश्चिमका नौवटै जिल्लाका साथै अन्य क्षेत्रबाट समेत दर्शनार्थीहरू पुगेका छन्। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार महाअष्टमीका दिन मन्दिरमा विशेष पूजाआजासहित राँगा […]