काठमाडौँ। सुदूरपश्चिम रोयल्सका ओपनर ब्याटर विनोद भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल) मा अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा जारी लुम्बिनी लायन्सविरुद्धको खेलमा उनले ३७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे। भण्डारीको यो सिजनमा पहिलो अर्धशतक हो। योसँगै जारी प्रतियोगितामा अर्धशतक हिर्काउने उनी नवौँ खेलाडी बनेका छन्। यसअघि चितवन राइनोजका […]