२१ मंसिर २०७४ मा दोस्रो चरणअन्तर्गत आमनिर्वाचन हुँदै थियो। त्यसको रौनक अन्य जिल्लामा झैँ झापामा पनि नहुने कुरै भएन। नाकाबन्दीको समयमा भारतविरुद्ध लिएको अडानका कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘हाइप’ बेग्लै थियो। ओली झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै थिए। त्यो समय म झापाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सरगम’ मा कार्यरत थिएँ। […]