आईपीएल स्थगित भएपछि विदेशी खेलाडीहरू अलपत्र

इन्डियन प्रिमियर लीगको १४औं सीजन अनिश्चित कालका लागि स्थगित गरिएपछि विदेशी खेलाडीहरू घर जना नपाएर अलपत्र परेका छन् ।  कोरोना महामारीका कारण आईपीएल स्थगित भएको हो । आईपीएलको बायोबबलमा समेत कोरोना पसेपछि यो निर्णय लिइएको हो ।  अब आठवटा क्लबमा खेल्ने विदेशी खेलाडीहरूलाई कसरी सुरक्षित घर पठाउने भन्ने चिन्ता बीसीसीआईलाई परेको छ ।  अस्ट्रेलियाले भारतबाट आउन खोज्ने कसैलाई पनि अनुमति नदिइएको र आउन खोजेमा जेलमा कोच्ने बताएको छ ।  बेलायतमा आफ्ना नागरिकलाई मात्र अनुमति छ तर १० दिन अनिवार्य क्...