शेयरबजारबारे हचुवा प्रतिक्रिया

काठमाडौं । सैद्धान्तिक आधारविना राजनीतिक नेतृत्वबाट आउने टीकाटिप्पणीले बजारमा असर पर्ने गरेको छ । पछिल्लोपटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेयरबजार विरोधी अभिव्यक्ति दिएपछि शेयरबजारमा पहिरो गएको छ । पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको दाबी प्रचण्डले गरेका थिए । उनको भनाइलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल शेयरबजार क्षेत्रमा जथाभावी बोल्दा र निर्णय गर्दा लगानीकर्ताको खर्बौं रकम बराबरको सम्पत्ति धराशयी बन्ने बताएका छन् । उनले दाहालको अभिव्यक्ति गलत भएको ठोकुवासमेत गरे । उनले राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गर्नुले शेयरबजारमा पर्ने असरलाई औंल्याउँदै अर्थमन्त्री शर्माको शेयरमा लगानीभन्दा बैंकको निक्षेपमा लगानी गर्नुपर्ने धारणालाई पनि कटाक्ष गरे । ‘शेयरबजार मानिसको सम्पत्ति डाइभरसिटी गर्ने एक माध्यम हो । बैंकको ब्याजदर घट्दा शेयरको भाउ बढ्ने हुनाले तपाईंको आम्दानीमा खासै धेरै असर पर्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले राष्ट्र बैंक र अर्थ मन्त्रालयका जिम्मेवार नेतृत्वलाई सधैं पूँजीबजारका बारेमा कम बोल्न र ब्याजदर सकेसम्म स्थिर बनाउन आग्रहसमेत गरे । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पनि दाहालको अभिव्यक्तिको कटाक्ष गरेका छन् । ‘विगत केही वर्षमा चीनमा भएको पूँजी बजारको विस्तार पनि के सम्राज्यवादको विकसित रूप हो ? ठोकेर केही कुरा बोल्ने अगाडि दाहालजीले अलि चिन्तन गर्नुभएको भए हुने,’ उनले भने । अर्थशास्त्री डा. केशव आचार्य दाहालको टिप्पणी सही नभएको बताउँछन् । ‘शेयरबजार भनेको नै लगानी संकलन गर्ने ठाउँ हो । त्यसैले गलत अर्थ लगाइनु हुँदैन,’ उनले भने । पूँजी बजारबारे यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण भन्दै विवेकशील साझा पार्टीले विरोध व्यक्त गरेको छ । तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराईले पूँजीबजारलाई जुवाघरको संज्ञा दिँदै लगानीलाई निरुत्साहन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि नेप्से ११७५ अंकमा पुगेको थियो । यस्तै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको कार्यकालमा शेयरबजारको अवस्था निराशाजनक थियो । खतिवडाको विवादास्पद अभिव्यक्तिको २ वर्षमै बजारले ११ सयको विन्दु छोएको थियो । घटेको बजारलाई जीवन दिने उद्देश्यसहित आफ्नो धारणा परिवर्तन भएको र लगानीमैत्री वातावरण सृजना गर्न लागिपरेको भन्दै उनी अर्थमन्त्रीबाट बिदा पनि भए । पहिलो अभिव्यक्तिलाई सच्याउँदै उनले अन्तिममा भए पनि शेयरबजार सुधारका निम्ति विभिन्न नीतिगत व्यवस्था गरेपछि भने बजार बढ्न थालेको थियो । पूँजी संकलनको माध्यम भए पनि नेपालमा बारम्बार शेयरबजारप्रति उच्च नेतृत्वबाट हचुवाको टिप्पणी हुने गरेको छ । यसले बजार प्रभावित हुने गरेको छ ।

सम्बन्धित सामग्री

नुवाकोटमा सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

नुवाकोट– जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनको अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै […]

अब सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

त्रिशूली (नुवाकोट), २८ फागुन । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको […]

नीति तथा कार्यक्रमबारे चन्द्र ढकालको प्रतिक्रिया- तुलनात्मक रूपमा सकारात्मक छ

सरकारले ल्याएको नीति तथा कार्यक्रम तुलनात्मक रूपमा सकारात्मक रहेको निजी क्षेत्रले प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीति तथा कार्यक्रम तुलनात्मक रूपमा सकारात्मक रहेको प्रतिक्रिया दिए

‘बहाव’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । भोली शुक्रबारबाट रिलिज हुने फिल्म ‘बहाव’ले बुधबार साँझ राजधानीमा प्रिमियर गरेको छ । फिल्मकर्मी, सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताको उपस्थितिमा गरिएको प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको प्रतिक्रिया दिएका छन् । एमाले नेता रघुजी पन्तले ‘बहाव’ नेपाली फिल्म जगतमा सम्भावना बोकेको फिल्म बनेको प्रतिक्रिया दिए । ‘फिल्मको विषयवस्तु नयाँ छ […]

प्रिमियरमा ‘हिजो आजका कुरा’ लाई मिश्रित प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म ‘हिजो आजका कुरा’ को प्रिमियर गरिएको छ । बुधबार वान सिनेमा आइप्लेक्स नयाँ बानेश्वरमा आयोजित प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मलाई केहीले राम्रो बनेको बताउँदा, केहीले कथावस्तु मन परेको धारणा खो । केहीले भने फिल्म सिरियल जस्तो रहेको समेत प्रतिक्रिया दिएका थिए ।दीपकराज गिरी, केकी अधिकारी, रीस्ता बस्नेत, शोभित बस्नेत लगायतका कलाकारको समेत सहभागिता रहेको प्रिमियरमा फिल्म युनिट र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । फिल्म अभिनेता

प्रिमियरमा 'मन्त्र'लाई उत्साहजनक प्रतिक्रिया

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'मन्त्र'को प्रिमियर शो गरिएको छ। बुधबार राजधानीमा फिल्म तथा अन्य क्षेत्रका सेलिब्रेटीहरूको उपस्थितिमा प्रिमियर गरिएको हो। हिमाली भेगको प्रेम कथा भनिएको फिल्मले प्रिमिरयमा उत्साहजनक प्रतिक्रिया पाएको छ। फिल्मको कथा, छायांकन, पार्श्व ध्वनी, कलाकारको अभिनय सबै तारिफयोग्य रहेको फिल्म हेरिसकेपछि प्रतिक्रिया दिएका छन्। फिल्ममा साैगात मल्ल, दिया पुन, बुद्धि तामाङ लगायतका कलाकरको मुख्य भूमिका रहेको छ। फिल्म हेरिसकेपछि निर्

‘चिसो एष्ट्रे’ लाई प्रिमियरमा राम्रो प्रतिक्रिया

फिल्म ‘चिसो एष्ट्रे’ को मंगलबार प्रिमियर भएको छ । सिभिल मलको क्युएफएक्स सिनेमामा साँझ आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।  प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्म हेर्न अधिकांश सेलिब्रेटीले भने फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । केही सेलिब्रिटीले फिल्म हलिउड जस्तो लागेको समेत बताए ।प्रिमियरमा वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएक

बजेटको प्रतिक्रिया राम्रो आएको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रतिक्रिया चारैतर्फबाट राम्रो आएको बताएका छन्। आज बजेटमाथिको छलफलका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेटको प्रतिक्रिया सकारात्मक आएको बताएका हुन्।

नयाँ बजेटबारे बाबुरामको प्रतिक्रिया : नहुने चुनावको एमाले घोषणापत्र

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको बताएका छन् । आर्थिक वर्ष २०७८/७९ सालको बजेटबारे प्रतिक्रिया दिँदै उनले नहुने चुनावमा एमालेको घोषणापत्र भएको समेत प्रतिक्रिया दिए ।नयाँ बजेट सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै भट्टराईले भनेका छन् : ‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन सिधासादा मतदातालाई ललिपप बॉडेको देखियो।’उनले पपुलिज्मममा पनि कुनै सिर

कोरोना निको भइसकेका व्यक्तिमा खोपले कस्तो प्रतिक्रिया देखाउँछ?

खोप लगाइसकेपछि विभिन्न प्रतिक्रिया देखिनु सामान्य हो। ज्वरो आउने, टाउको दुख्नु भनेको त खोप लगाइसकेपछि शरीरले देखाउने प्रतिक्रिया हो। यसलाई सामान्य रुपमा नै लिनुपर्छ।