एकीकृत समाजवादीका दुई प्रदेश सांसदसहित ११ जना एमाले फर्किए

बारा : एकीकृत समाजवादी पार्टी पतनको बाटोमा हिँडेको भन्दै मधेस प्रदेशका दुई सांसदसहित ११ जना नेता नेकपा एकीकृत समाजवादी त्यागेर नेकपा एमाले फर्किएका छन्।भक्तपुर बालकोटस्थित एमालेको केन्द्रीय कार्यालयमा विहीबार आयोजित कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन्।उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए। पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले बाटो बिराएर केही समय अन्यत्र रहेपनि पुनः फर्किने निर्णय लिएकोमा खुशी व्यक्त गर्दै पार्टीको काममा सक्रिय भएर लाग्न निर्