बनेपा नगरपालिका : कोभिड रोकथाम, नियन्त्रण तथा उपचार केन्द्रित बजेट

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिकाको आज सम्पन्न नगरसभाले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार र व्यवस्थित पार्कीङसहित नगरलाई हरियाली प्रर्वद्धन गर्ने लगायतको नीति तथा कार्यक्रमलाई अगाडि सारेको छ। सभाबाट आगामी आर्थिक वर्ष २०७८/०७९का लागि रु एक अर्ब ५५ करोड ६९ लाख ६८ हजारको बजेट प्रस्तुत गरिएको हो। नगरसभामा नगरप्रमुख लक्ष्मी नरसिंह बादेले बजेट प्रस्तुत गरेका हुन्।

सम्बन्धित सामग्री

बनेपाको बन्द खानी खुलाउन ‘दबाब’

काभ्रे । सुख्खा पहिरो गई मजदुर पुरिएको बनेपा नगरपालिका १४ स्थित आशापुरी रोडा ढुंगा सप्लायर्स प्राली पुनः संचालनका लागि दबाब दिईएको छ । नयाँ जनप्रतिनिधि निर्वाचित भए लगत्तै खानी संचालनका लागि बजेट निर्माणका क्रममा राजश्वको प्रभाव देखाउँदै कर्मचारी, जनप्रतिनिधि र ब्यवसायीहरुको अप्रत्यक्ष दबाब शुरु गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक उक्त खानी […]

विकास निर्माणमा सहयोग गर्दा मेयर–उपमेयर अभिनन्दित

काभ्रे । टोल विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरी आधारभूत आवश्यकताको ९९ प्रतिशत कार्य सम्पन्न गरेको भन्दै नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे र उपप्रमुख रेखा सापकोटा दाहाललाई अभिनन्दन गरिएको छ । यामिडोल टोल सुधार समितिले बुधबार उहाँहरूलाई सम्मान गरेको हो । ‘बनेपा नगरपालिका–९ स्थित माथिल्लो नयाँ बस्तीमा आधारभूत आवश्यकताका ९९ प्रतिशत विकास सम्पन्न गर्न सहयोग गरेकाले […]

बनेपाका मेयर उपमेयर अभिनन्दित ९९ प्रतिशत विकास निर्माण

काभ्रे  । ‘बनेपा नगरपालिका वडा नम्बर ९ स्थित माथिल्लो नयाँ बस्तीमा आधारभूत आवश्यकताका ९९ प्रतिशत विकास सम्पन्न भएको छ’–यामिडोल टोल सुधार समितिका अध्यक्ष ऋषिराम गौतमले भन्नुभयो–‘निर्वाचन अघि व्यक्त प्रतिबद्धता अनुसार टोल विकासका लागि नगरपालिकाले बजेट विनियोजन गरी आधारभूत आवश्यकताको ९९ प्रतिशत कार्य सम्पन्न गरेकोमा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे र उपप्रमुख रेखा सापकोटा दाहाललाई अभिनन्दन गर्नेछौं ।’ […]

बनेपामा ‘मिनी फिल्मी सिटी’ निर्माण गरिँदै

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको भैंसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायांकन स्थल (स्टुडियो) निर्माणका लागि आवश्यक प्रक्रिया पूरा भएको छ । यसका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) लगायत आवश्यक तयारी पूरा भई निर्माण प्रक्रिया अघि बढाइएको चलचित्र विकास बोर्डले जनाएको छ । काभ्रेको बनेपा नगरपालिका–१० र १३ को सीमास्थित भैंसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी पूरा भई भौतिक निर्माण प्रक्रिया सुरु भएको बोर्ड अध्यक्ष दयाराम दाहालले बताए ।      ‘भैंसेपाटीमा निर्माण हुने फिल्म सिटीको प्रशासनिक तयारी पूरा भएको छ । सबैभन्दा पहिला सुटिङका लागि एउटा भवन निर्माण हुनेछ । त्यसपछि क्रमशः सुटिङका लागि आवश्यकीय भवनलगायतका संरचना बन्दै जानेछन्’, उनले भने । उनका अनुसार ‘आउटडोर’ र यहाँबाट देखिने वातावरणीय सुन्दरतालाई ध्यानमा राखेर छायांकन स्टुडियो निर्माण हुनेछ । इन्डोरमा अस्पताल, प्रहरी चौकी, कारागार, ठूला भवनका भित्री भाग देखिने खाले तथा प्रोटेबल सेट निर्माण गरिने अध्यक्ष दाहालको भनाइ छ । आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्न चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुने योजना बनाइएको छ ।      स्टुडियो निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनलगायत आवश्यक प्रशासनिक कार्य गर्न २ करोड बजेट विनियोजन भएको सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए । ‘बनेपास्थित भैंसेपाटीमा सुटिङ स्टुडियो बनाउन उपयुक्त देखिएपछि बजेट विनियोजन गरिएको छ । यो पनि सौन्दर्य–विकासको एउटा पाटो हो’, उनले भने । चलचित्र छायांकन स्टुडियोका लागि भैंसेपाटीको ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको हो । बहुद्देश्यीय परियोजना भएकाले पहिलो चरणमा इन्डोर छायांकन स्टुडियोको डिपिआर बनाई काम सुरु गरिने जनाइएको छ । रासस

स्वास्थ्य केन्द्र भवन अलपत्र

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८ मा निर्माणाधीन आधारभूत स्वास्थ्य केन्द्रको भवन बजेट अभावमा अलपत्र परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा निर्माण सुरु गरिएको स्वास्थ्य केन्द्रको भवन दुई वर्षदेखि काम अगाडि बढ्न नसकेको हो।