नयाँ नेतृत्व चयनका लागि कांग्रेसमा मतदान शुरू हुँदै, भृकुटीमण्डपमा कडा सुरक्षा व्यवस्था

नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।  बिहान ८ बजेदेखि मतदान शुरू हुने छ । अहिले प्रहरीले मतदान स्थल राष्ट्रिय सभा गृहमा सुरक्षा चेकजाँच गरिरहेको छ ।  प्रहरीले कुकुर लगाएर सुरक्षा चेकजाँच गरेको हो ।  सुरक्षाकर्मीहरूले भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारेका छन् । आज हुने कांग्रेसको निर्वाचनमा सभापतितर्फमात्रै ५ जनाबीच प्रतिस्पर्धा हुँदैछ । जसमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् ।