कमल थापाको ‘थेसिस’ : धर्म, संस्कृति र परम्पराको रक्षा गर्दा देश विकास हुन्छ

देशको विकास नभएको भन्दै जनताले बारम्बार असन्तुष्टि जनाउँदै आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भने देश विकासको नयाँ अवधारणा अघि सारेका छन् । उनले सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरेर देशको विकास गर्न सकिने बताएका छन् । समृद्ध नेपाल निर्माण गर्ने सकिने पनि उनको दाबी छ । देश विकासको यही उपयुक्त बाटो भन्ने मान्यता बोकेर बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागिएको पनि बताए । अभियानलाई उनले ‘म्याराथन’ दौड भएकाे&nbs