विश्व भोकमरी सूचकाङ्कमा नेपालभन्दा खराब स्थिति देखाएको भन्दै भारत आक्रोशित

विश्व भोकमरी सूचकाङ्क (जीएचआइए) मा भारत १०७ औं स्थानमा रहेको रिपोर्टको विषयमा भारतको केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ ।   सरकारले जीएचआई सम्बन्धी विज्ञप्ति जारी गर्दै यो सूचकाङ्कले भारतको छवि खराब पारेको भन्दै ‘भोक मापन गर्ने तरिका गलत’ भएको बताएको छ ।विश्वभर भोकमरी र कुपोषणको अवस्था देखाउने विश्व भोकमरी सूचकांकको प्रतिवेदन सार्वजनिक भएको छ । जसमा भारत १२१ देशमध्ये १०७ औँ स्थानमा छ । यो सूचकाङ्कमा भारतको स्थिति नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेशभन्दा खराब छ