तस्वीर : गोङ्गबु बसपार्कमा दशैंमा यात्रु लैजान राखिएको यात्रुबाहक बस

काठमाडौंको गोङ्गबुस्थित बसपार्कको पार्किङमा स्थलमा शनिवार अपरान्ह राखिएका यात्रुबाहक बसहरु । देशका ६५ भन्दा बढी जिल्लाहरुमा केन्द्रीय टर्मिनल बसपार्कबाट बसहरु जाने गर्दछन् । दशैं पर्व नजिकिने क्रमसँगै यात्रुको सहजताका लागि आवश्यकताका आधारमा यो वर्ष यात्रुबाहक बस उपलब्ध गराउने योजना रहेको बस व्यवसायीहरुले बताएका छन् । नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिले दशैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला भएसँगै  व्यवसायीको सहकार्यमा टिकट काउन्टर पनि थप गरेको छ।  तस्वीर : प्रकाश के.सी./ आर्थिक अभियान