कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढ्दै गएको भन्दै बागलुङका केही वडामा निषेधाज्ञामा कडाइ गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतवार राति १२ बजेदेखि लागू हुने गरी हाल कायम निषेधाज्ञामा कडाइ गर्ने भएको हो ।
बागलुङ नगरपालिका वडा १२ र वडा १३ (साविक अमलाचौर र पैयूपाँटा गाविस) को क्षेत्रभित्र आइतवार राति १२ बजेदेखि भदौ १ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।
निषेधाज्ञामा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा र सरकारी सेवाका सवार...