स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रिय दादुरा-रुबेला खोप अभियानको उद्घाटन

भक्तपुर, १३ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आजबाट देशव्यापी रुपमा राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८०र८१ को शुभारम्भ गरेका छन् । भक्तपुरको सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको अभियान उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अस्मिता ओझालाई खोप तथा खोप सामग्री हस्तानतरण गरी देशभर एकैसाथ अभियानको उद्घाटन […]