काठमाण्डाै – निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
आयोगको आज बिहीवारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनालाई पत्र पठाएर सात दिनभित्र प्रश्नको चित्तबुझ्दो जवाफ दिन भनिएको छ ।
नेकपा (माओवादी केन्द्र) ले घिसिङको तस्बिर चुनाव प्रचार सामग्रीमा प्रयोग विषयलाई लिएर...