काठमाडाैंकाे फुटपाथमा निर्माण सामग्री थुपार्नेमाथि पाँच हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री थुपार्नेमाथि ५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरमा आएको गुनासोका आधारमा निर्माण सामग्री थुपार्नेमाथि कारबाही गरेको हो । महानगरले निरन्तर कारबाही र अनुगमन गर्दै आएको जनाएको छ ।  

सम्बन्धित सामग्री

सडकमै निर्माण सामाग्री राख्‍नेलाई महानगरले तिरायो २५ हजार जरिवाना

११ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा निर्माण सामाग्री राखेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगर प्रहरीले काठमाडौं महानगरपालिका-९ को रातोपुलमा सडकमै निर्माण सामग्री राखेर अवरुद्ध गरेको भन्दै जरिवाना तिराएको हो । स्थानीय रामकुमार थापालाई महानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना स्वरुप रकम तिराइएको जनाएको छ । यसअघि महानगरपालिकाले सडकमा फोहोर फाल्ने, खुल्ला स्थानमा आगो […]

आवतजावतमा बाधा हुने गरी निर्माण सामग्री राख्नेलाई महानगरको कारबाही

काठमाडौँ। साविक पुरानो बसपार्क आसपास क्षेत्रमा थुपारिएका निर्माण सामग्री हटाइएको छ। सर्वसाधारणको आवतजावतमा बाधा हुने गरी सामग्री राखेर हिलो बनाएपछि निर्माण पक्षलाई १० हजार रुपैयाँ जरिवाना तिराएर सामग्री हटाउन लगाइएको हो। यता वडा नं. १२ टेकुबाट लगनतर्फ प्रबेश गर्ने भित्री सडकमा निर्माण सामग्री थुपारे राख्ने प्रवृत्तिमा कमी आएको छ।

अवैध संरचना भत्काउने काम जारी

काठमाडौँ – झन्डै एक महिनादेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ । सो कार्यअन्तर्गत आज कामपाले विशालनगरमा सञ्चालित मल्टी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ । त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु २० हजार जरिवाना गराइएको […]

सडकमा निर्माण सामग्री राख्नेलाई काठमाडौं महानगरले तिरायो २० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा जथाभावी निर्माण साम्रगी राख्नेलाई २० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले महानगरपालिका वडा नम्बर ३१ का सानुकाजी मर्हजनलाई सार्वजनिक सडक पेटी अतिक्रमण गरी पैदलयात्री तथा सवारी आवागमन अवरोध खडा गरी निर्माण सामग्री राखेवापत जरिवाना लिएको हो । महर्जनले बानेश्वरको युनिग्लोव कलेज अगाडिको सकडमा निर्माण सामग्री गिट्टी तथा बालुवा […]

फुटपाथमा निर्माण सामग्री राख्नेलाई काठमाण्डौँ महानगर तिरायो ५ हजार

फुटपाथ अवरोध गर्नेलाई काठमाण्डौँ महानगरले कारबाही गरेको छ। पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आउन थालेपछि काठमाण्डौँ महानगरले कारबाही प्रक्रिया अगाडि बढाएको हो।  फुटपाथ र सडकमा निर्माण सामग्री राखेको कारण बुधबार कारबाही गरेको...

काठमाडौं महानगरले फुटपाथमा निर्माण सामग्री राख्नेलाई गर्‍यो कारबाही

काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्ने व्यक्तिलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका-११ का विक्की साहलाई ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

खुम्बुमा एक वर्षमा १ हजार टनभन्दा बढी सामग्री कार्गो ढुवानी

सोलुखुम्बु - सोलुखुम्बुको लुक्लामा एक वर्षभित्र कार्गो ढुवानीमार्फत १ हजार ३ सय टन खाद्यान्न तथा निर्माण सामग्री भित्रिएको छ । सन् २०२१ मा फाप्लु र काठमाण्डौबाट १३ लाख किलो सामग्री कार्गोमार्फत लुक्ला ढुवानी भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । ढुवानी गरिएको सामग्रीहरुमा तरकारी, चामल, दाल लगायतका खाद्यान्नसहित निर्माण सामग्रीहरु जस्ता, सिमेन्ट, काठ लगायत रहेको प्राधिकरणका कर्मचारी विक्रम सिंह बस्नेतले जानकारी दिनुभयो ।  सन् २०२० मा १३ लाख ६५ हजार ९ सय १५ किलो सामग्री खुम्बु ढुवानी भएको प्राधिकरणक...

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्री अभाव

वीरेन्द्रनगर । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ । निषेधाज्ञाका कारण निर्माण सामग्रीसहित कामदारको समेत अभाव हुन थालेको आयोजनाले जनाएको छ । ‘निषेधाज्ञाका कारण आयोजनामा निर्माण सामग्रीको पनि अभाव हुन थालेको छ । अहिले रड (सरिया) र सिमेन्ट अभाव भएको छ’, आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने । आयोजनाले ३२–३३ एमएमका सरिया प्रयोग गर्दै आएको छ । तर, बजारमा उक्त साइजका सरिया पाइँदैनन् । सरियाका लागि आयोजनाले कम्पनीमै अर्डर दिनुपर्छ । प्रयोगशालामा गुणस्तर पास भए मात्रै सरिया प्रयोगमा ल्याइन्छ । यदि गुणस्तर नभए आयोजनाले सरिया कम्पनीमै फिर्ता पठाइदिने गरेको छ । कोरोनाका कारण निर्माण कम्पनीमा उत्पादन बन्द हुनु र बजारमा ठूलो तथा गुणस्तरीय सरिया नपाएकै कारण आयोजनालाई सरिया अभाव भएको हो । तिवारी भन्छन्, ‘कोरोनाका कारण निर्माण कम्पनी बन्द हुँदा सरिया अभाव भएको हो ।’ आयोजना निर्माणको पूर्वनिर्धारित समय सकिन अब दुई वर्ष मात्रै बाँकी छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाले सरिया प्रयोग हुनेबाहेकका काम जारी राखेको छ । आयोजनासँग सिमेन्ट पनि पर्याप्त छैन । कोरोनाकै कारण मजदुर र निर्माण सामग्री अभावले तोकिएकै समय आयोजना सम्पन्न हुनेमा आशंका उब्जिएको छ । ‘एक महिना निषेधाज्ञा हुँदा तीन महिना पछाडि धकेलिन्छ,’ तिवारी भन्छन्, ‘कोरोनाकै कारण आयोजना निर्माणमा ठूलो घाटा पुगेको छ ।’ पूर्वनिर्धारित समयअनुसार आर्थिक वर्ष ०७९/८० मा आयोजना सम्पन्न भइसक्नुपर्छ । तर, तोकिएको समयभित्र काम सम्पन्न हुनेमा भने आशंका छ । पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पूर्वनिर्धारित समय आयोजना सम्पन्न गर्न दुई वर्षमा ५३ प्रतिशत काम सम्पन्न हुनुपर्छ । सुरुङ निर्माणजस्तो जटिल कार्य सम्पन्न भइसकेका कारण बाँकी काम पनि तोकिएकै समय हुने उनको दाबी छ । उसो त पहिलो चरणमा सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भएको थियो । तर, दोस्रो चरणको काम सुस्त छ । दोस्रो चरणअन्तर्गत आयोजनाको २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसमा महत्वपूर्ण मानिएको विद्युत्गृह निर्माणको काम झनै सुस्त छ । बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन । नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्नेछ । पानीको बहाव बढी हुने भएकाले वर्ष दिनमा चार महिना मात्रै बाँधको काम गर्न सकिन्छ । बाँध र पावर हाउस (विद्युत्गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन् । भेरी नदीको पानी भेरीगंगा नगरपालिका–९ चिप्लेबाट वडा नम्बर १ को हात्तीखाल बबईमा खसालिनेछ । आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।

खुम्बुमा दुई हप्तामा झन्डै ३ लाख किलो निर्माण सामग्री ढुवानी

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुई हप्तमा झन्डै ३ लाख किलो निर्माण सामग्री ढुवानी गरिएको छ ।  गएको जेठ २ गतेबाट हालसम्म २ हप्ताको अवधिमा २ लाख ८७ हजार ८ सय किलो निर्माण सामाग्री खुम्बु क्षेत्र ढुवानी गरिएको हो । तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका प्रबन्धक ईमानाथ अधिकारीका अनुसार गृह मन्त्रालयले प्रदान गर...