आज विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ः५१ बजे

काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभसाइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँको अवसरमा सुख, शान्ति, समृद्धिकोे कामना गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

सम्बन्धित सामग्री

दशैंको टीका लगाउन साइत नै कुर्नुपर्छ ?

२९ असोज, काठमाडौं । मान्यजनबाट टीका र जमरा लगाइ आज विजयादशमी पर्व मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत भनेर १० बजेर २ मिनेटलाई तोकिदिएको छ । यसको मतलब १० बजेर २ मिनेटभन्दा अगाडि वा पछाडि टीका लगाउनै हुँदैन त ? ‘हुन्छ, आज बिहान ८ बजेर १९ मिनेटमा देबी विसर्जन गरेपछि […]

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

टीका ग्रहण गर्न साइत बिहान १० बजेर २ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष  प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।