विकासका सम्भावना खोज्दै टीकापुर

कैलालीको टीकापुर क्षेत्रको विकासका लागि साझा सम्भावनाको खोजी सुरु भएको छ । सीमित व्यक्ति, राजनीतिक दल विशेष गरेर टुक्रे विकासले समग्र टीकापुरको सम्भावनालाई मूर्तरुप दिन नसकिने भन्दै सामूहिक एकताका साथ सझा सम्भावनाको खोजीका लागि छलफल र बहस सुरु भएको हो । कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले समग्र टीकापुर क्षेत्रको विकास हुन नसक्नुको …

सम्बन्धित सामग्री

विकासका सम्भावना खोज्दै टीकापुर

भजनी, २४ वैशाख । कैलालीको टीकापुर क्षेत्रको विकासका लागि साझा सम्भावनाको खोजी सुरु भएको छ । सीमित व्यक्ति, राजनीतिक दल विशेष गरेर टुक्रे विकासले समग्र टीकापुरको सम्भावनालाई मूर्तरुप दिन नसकिने भन्दै सामूहिक एकताका साथ सझा सम्भावनाको खोजीका लागि छलफल र बहस सुरु भएको हो । कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले समग्र टीकापुर […]

सुदूरपश्चिममा सकस : नागरिक उन्मुक्तिका सांसद खोज्दै गठबन्धन

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्‍यमन्त्रीका लागि दाबी पेस गर्ने समय करिब १ घण्टा मात्र बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू सम्पर्कविहीन बनेका छन्।टीकापुर घटनामा दोषी ठहर भई जेल जीवन बिताइरहेका रेशमलाल चौधरी संस्थापक रहेको  उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सम्पर्कविहीन बनेका हुन्। प्रदेशसभा सदस्यहरू आफ्नो सम्पर्कमा नभएकाले आफू धनगढीमा उनीहरुको खोजी गरिरहेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।आफू अहिले प्रदेश सभास्थित पार्टीको संसदीय दलको

समस्यामा परेका यात्रुसँग तीन गुणा बढी भाडा असुली

काठमाडौं । महामारीको समयमा विभिन्न समस्यामा परेर काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुसँग यातायात व्यवसायीले सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा असुल्ने गरेको पाइएको छ । समस्या परेर यात्रा गर्नैपर्ने बाध्यतामा रहेका यात्रु व्यवसायीको मनोमानी भाडाले थप मर्कामा परेका छन् । कैलालीको टीकापुर घर भई हाल काठमाडौंको लैनचौरमा बस्दै आएका सुरोज रावल कोरोनाका कारण बुवा बितेपछि घर जानैपर्ने बाध्यतामा थिए । घर जाने गाडी खोज्दै गोंगबु बसपार्क बाहिर पुग्दा कैलाली जान तयारी अवस्थामा रहेको एउटा माइक्रो बस देखे । त्यसमै जाने निर्णय गरेका उनीसँग गाडीका स्टाफले ५ हजार रुपैयाँ भाडा मागे । घर जानैपर्ने बाध्यतामा रहेकाले उनले भनेजति भाडा दिए । ‘टिकट पनि दिइएन, प्रहरीले भाडाको विषयमा सोधेमा १५ सय रुपैयाँ भाडा तिरेको भन्न सिकाइयो,’ उनले भने, ‘बाध्यता परेकाले मैले गाडीवालाले भने बमोजिम गरेँ, बसमा चढेका जति अरूले पनि त्यही गरेका रहेछन् ।’ सामान्य अवस्थामा काठमाडौंदेखि टीकापुरसम्मको भाडा १५ सय देखि २ हजार रुपैयाँ पर्छ । यस्तै समस्यामा परेर आइतवार सुर्खेतबाट काठमाडौं आइपुगेका नरेश शाहीले पनि आफूले अरू बेलाको भन्दा ३ हजार रुपैयाँ बढी भाडा तिरेको सुनाए । यसअघि सामान्य अवस्थामा सुर्खेतदेखि काठमाडौंसम्मको भाडा २ हजार रुपैयाँ छ । यसरी यात्रु बोक्ने गाडीहरू पहुँचको भरमा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर निर्बाध चलिरहेको र समस्यामा परेका यात्रुलाई लुट्ने काम गरिरहेको आम यातायात व्यवसायी बताउँछन् । यातायात व्यवसायी महासंघले यस्तो काममा आफू मातहतका व्यवसायी नभई निजी गाडी संलग्न भएको बताएको छ । महासंघका महासचिव सरोज सिटौलाले रातो नम्बर प्लेट भएका गाडीहरू नै यस्ता कार्यमा बढी सक्रिय रहेको र अनावश्यक रूपमा यात्रुसँग चर्को भाडा असुल्ने काम भइरहेको बताए । जिल्ला प्रशासन कार्यालयले निजी गाडीहरूलाई अनावश्यक रूपमा पासको व्यवस्था गरिदिँदा यस्तो समस्या आएको उनको बुझाइ छ । एकातिर यातायात व्यवसायीले स्थानीय तह र प्रशासनकै मिलेमतोमा यस्तो काम भएको हुन सक्ने बताइरहेको भए पनि प्रहरी प्रशासनले भने अनावश्यक भाडा लिने गरेका सवारीसाधन र सवारीधनीलाई कानून बमोजिम मुद्दा चलाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका सूचना अधिकारी एसपी श्यामकृष्ण अधिकारीले बढी भाडा लिएकोबारे यात्रुले प्रहरीमा उजुरी गरेमा त्यस्ता सवारीधनीलाई कानून बमोजिम कारबाही गरिने बताए ।

अटोरिक्सा चालक अन्याेलमा, कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा

कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उहाँसँग कुनै उपाय थिएन । विमानस्थलबाटै बलबहादुरको राहदानी दलालले आफ्नो हातमा लगिसकेको थियो । दुई वर्ष मलेसिया बस्नुभएका उहाँलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो । पाउनसम्मको दुःख पाएर फर्किनुभएका बलबहादुर अहिले स्वदेशमै अटो रिक्सा चलाएर आफ्नो भविष्य देख्न थाल्नुभएको छ । अहिले समूहबाट ऋण लिएर अटो रिक्सा चलाउन थाल्नुभएका टमट्टा विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउनुहुन्छ । “मैले दुःख आँखा अगाडि देखेको छु ।

विदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार

कोभिड–१९ बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउंँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले आजदेखि अभियान शुरु थालेको छ ।