कोरोना संक्रमित सुदूरपश्चिमका सांसद कुँवरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत लगियो काठमाडौं

कैलाली : सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्क बहादुर कुँवर ९गोविन्द०लाई थप उपचारका लागि काठमाडौं लगिएको छ। कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएका उनलाई सेती प्रादेशिक अस्पतालबाट थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पताल लगिएको हो। उनी प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक श्रोत समितिका सभापति पनि हुन्।

सम्बन्धित सामग्री

मोरङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

१० माघ, काठमाडौं। मोरङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका-२ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार दिउँसो १:२५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ९ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा श्वासप्रश्वास, […]

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।...

कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

ओखलढुंगा जिल्लामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना  संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगर

कोरोना संक्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी दुई सातादेखि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत थिए। उनको मृत्युको पुष्टि गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले गरेका हुन्। शवको व्यवस्थापन झापामै गरिने लिङदेनले बताए।

कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना संक्रमित १ महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमवार राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।  श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा. शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य थिइन् ।

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको थियो । १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा उपचाररत छन् । ती मध्ये ५ जनाको अक्सिनजनको सहायतामा […]

दैलेखमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

१७ वैशाख, सुर्खेत । दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृत्यु भएको छ । दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा महिलामा संक्रमण पुष्टि भएको उनले बताए । १०८ जना सक्रिय संक्रमित रहेको दैलेखमा १० जना अस्पतालमा […]

सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

१२ वैशाख, जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । शवलाई नेपाल प्रहरीको […]

पर्साका कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगञ्ज। पर्साको वीरगञ्ज महानगरपालिकाका ५३ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार मृत्यु भएको छ। उनको वीरगञ्जकै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। निमोनियाबाट ग्रसित उनलाई नारायणी अस्पतालमा पीसीआरका क्रममा बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

दाङमा कोरोना संक्रमित महिलाको मृत्यु

दाङ : कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ की ५५ वर्षीया  महिलाको मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए।ति महिलाको बिहीबार  दिउँसो करिब पौने ४ बजेतिर मृत्यु भएको उनले जानकारी दिए। महिलालाई गत चैत २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षण गर्दा पुष्टि भएको थियो। उनी चैत २४ गते अस्पतालमा भर्ना भएको र आइसीयुमा उपचारका क्रममा मृत्यु भएको ब्यवस्थापक वलीले जानकारी दिए।उक