मोटरसाइकलमा घरदैलो गर्दा पनि खुसी छु, म जस्तोसुकै दुःख गर्न सक्छु : विनोद चौधरी (भिडिओसहित)

काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका नेता एवं नवलपरासी १ का उम्मेदवार विनोद चौधरीले आफूलाई टुरिस्ट उम्मेदवार भन्नु पराजित मानसिकताको उपज भएको बताएका छन् । ‘हृदयेश त्रिपाठी मेरा मित्र हुनुहुुन्छ । व्यक्तिगत रुपमा म कुनै गालीगलौज गर्न चाहन्नँ । तर उहाँले मलाई टुरिस्ट उम्मेदवार भन्नु पराजित मानसिकताको उपज मात्र हो । पर्यटनको महत्त्व मलाई जति […]

सम्बन्धित सामग्री

'म बुझ्ने हुँदादेखि कम्युनिस्ट हुँ'

'जिन्दगीमा सबभन्दा खुसी त म देशमा बहुदल आउँदा भएको थिएँ। पञ्चायतले असाध्यै दुःख दिएको थियो। निर्दल गएर बहुदल आएपछि ती दुःख सकिन्छन् भनेर औधी खुसी लागेको थियो।'

जन्मदिएका सन्तानले संसार देख्न थाले, फर्किंयो मीनाको खुसी

दैलेखको दुल्लु नगरपालिका निवासी मीना महतलाई खुसीको कुनै सीमा छैन । जन्मदिएका सन्तानले संसार देख्न थालेपछि उहाँलाई आइलागेको दुःखको पहाड र पीरको भारी केही कम भएको छ । उहाँले खुसी हुँदै भन्नुभयो, “भगवान्ले दुःख मात्र होइन, सुख पनि दिन जानेका रहेछन् । मेरा छोराहरुलाई संसार देखाउने डाक्टर धन्य छन् । अब मेरा पनि सुखका दिन […]

छठमय मिथिला: उल्लासमय वातावरण

विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ। गाउँका गरिब अभाव, दुःख र अन्य पीडा बिर्सेर खुसी साटी रहेका देखिन्छन्।...

खुसी देला भन्ने आस गरेको परदेशले श्रीमानको प्राण लियो

मेरो नाम रिता पाण्डे हो । अहिले उमेरले ५५ वर्ष लागेँ । जीवनमा थुप्रै हन्डर र ठक्कर खाएँ । निकै दुःख पाएँ । तर दुःखसुख त जीवनको चक्र नै रहेछ । श्रीमान् कमाउन परदेश गएपछि अब त सुखका दिन आउलान् नि भन्ने थियो । कति सपनाहरू थिए । सोचेजस्तै नहुने रहेछ ।  खुसी देला भन्ठानेको परदेशले मेरो श्रीमानको प्राण नै लियो । २०७५ सालमा मेरो श्रीमान् रामेश्वर रोजगारीका लागि मलेसिया जानुभएको थियो । मलेसियामा काम सुपरभाइजरको गर्छु भन्नुहुन्थ्यो । गाउँकै एजेण्टले पठाएको भए पनि काम र कमाइ राम्रो थियो । तर त्यहाँ पुगेको एक वर्ष...

विकासले बिर्सायो वर्षौको दुःख

कक्षा १२ पढ्ने १८ वर्षीय स्नेहा यादवको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । कक्षा १ देखिको अध्ययन यात्रामा अनेकौँ दुःख संघर्ष झेल्नुभएकि कोटहीमाइ-१ बोगदिया बस्ने स्नेहालाई अहिले एउटै कुराले ठूलो खुसी दिएको छ । यसरी खुसी हुनुको कारण हो, दानव खोलाको झोलुङ्गे पुल । “यसअघि सुख्खायाममा बाँसेपुल र वर्षायाममा डुङ्गा चढेर बेतकुइयाँ पढ्न पुग्नुपर्ने हुन्थ्यो […]

वर्षाले कतै खुसी कतै दुःख

यतिबेला मानो रोपेर मुरी उब्जाउने समय हो । किसानहरू यतिबेला खेती कर्ममा व्यस्त बनेका छन् । मनसुनअगावै अत्यधिक वर्षा हुँदा किसानलाई कतै धानबाली लगाउने चटारो छ भने कतै धानको ब्याड राख्ने समय भएको छ । वर्षा अगाडि धकेलिँदा रोपाइँको चटारो पर्दै गएको हो । प्रकृतिको भर पर्नुपर्दा मनसुन समयअगावै हुँदा पनि किसानलाई फाइदा नै भएको […]

हिमपातले एउटै जिल्लामा कतै खुसी कतै दुःख

जुम्ला–हिमाली जिल्ला हुम्लामा यो वर्ष हालसम्म पाँच पटक भारी हिमपात भयो । हरेक पटकको हिमपात उत्तरी भेगका सर्वसाधरणालाई दुःख बनेर आयो भने दक्षिण भेगका किसानलाई राहत पुग्यो । हिमपातपछि उत्तरी भेग नाम्खा गाउँपालिकाका किसानले कयौं दिनसम्म गाईवस्तु घरभित्रै थुनेर राखे । वस्तुभाउ चराउन नपाएपछि उनीहरूको दैनिकी झनै कष्टकर बनेको थियो । यता दक्षिण भेगमा भने […]

जीवन भन्नु दुःख सुख,आउँछ अघिपछि

सबै भन्छन् नआत्तिनु, दुःख आउँछ जान्छ, प्यास मेट्न पक्कै पाउँछ,जसले खोली धाउँछ। खुसी लिई सुख आउँछ, पर्खी बसेपछि, सहज हुन्छ जिउनलाई, यति बुझेपछि।...

झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रः कतै खुसी, कतै दुःख

बागेश्वरीका स्थानीय खुसी भएको बताउँदै उनले राजनीतिक खिचातानी र पहुँचको आधारमा केन्द्र झौखेल बन्न लागेको जनाउँदै सो निर्णयमा स्थानीय दुखी रहेको जनाए।...