सर्वोच्चकै न्यायाधीशहरु रहेको सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

६ पुस, काठमाडौं । सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेको छ । सार्क ल नेपाल सार्क राष्ट्रका न्यायाधीश, कानुन व्यवसायी, कानुनी क्षेत्रका प्राज्ञिक व्यक्तिहरुको संस्था हो, जसको अध्यक्ष सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान आफैं छिन् भने अर्का न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयाल सदस्य छन् । जबराको राजीनामा माग गर्ने बैठकमा न्यायाधीश […]