एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनी बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन्। उनले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। उनलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ गराएका हुन्। बुधबारको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको […]