प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न पुष्पा भुसालको माग

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले आउँदो संसदीय र प्रदेशसभा सदस्य चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले आगामी चुनावमा समावेशी ढंगले महिला उम्मेदवार नउठाउने हो कि भन्ने प्रश्न उठेको बताइन् । उनले भनिन्– ‘हामी समावेशी लोकतन्त्रको कुरा गर्छौ, निर्वाचनमा ३३ प्रतिशत महिला उठाउने भनेर प्रतिबद्धता गरेर जाँदा समानुपातिक निर्वाचन प्रणालीमा पुरुषले कम अवसर पाएको छ, त्यसो हुनुपनि भएन । सभ