बैठक स्थगित भएपछि संसद भवन पुगे केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिसभा बैठकमा सहभागिता जनाउन संसद भवनमा पुगेका छन् । अध्यक्ष ओली केहीबेर अघि संसद भवनमा प्रवेश गरेका हुन् । अध्यक्ष ओली संसद बैठक स्थगित भइसकेपछि संसद भवन पुगेका हुन् ।संसद सचिवालयले एक सूचना जारी शुक्रबार १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको जानकारी दिएको छ । संसद सचिवालयले बैठक स्थगित भएको जानकारी दिएपनि अन्य दलका नेताहरु पनि अहिले संसद भवन पुगेका छन् ।  

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद भवन नयाँ वानेश्वरमा सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभा बैठक स्थगित गरिएसँगै ओली पुगे संसद भवन, ओली र देउवाबिच छलफल हुँदै

काठमाडौं : संसद भवन बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच छलफल भइरहेको छ। अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध बानेश्वरमा प्रदर्शन भइरहँदा दुई नेता बिच छलफल भइरहेको छ। आज १ बजेका लागि बोलाइएको बैठक सरकारले नै सहमतिका लागि भन्दै रोक्न आग्रह गरेपछि भोलि बस्नेगरी प्रतिनिधिसभा…

संसद बैठक स्थगनपछि कांग्रेस र एमाले आन्तरिक छलफलमा

काठमाडौँ – बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगनपछि दलहरु अहिले आन्तरिक छलफलमा लागेका छन्। नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष एमाले संघीय संसद भवन बानेश्वरमै आन्तरिक छलफलमा जुटेका हुन्। बिहीबार संसद बैठकमा सहभागी हुन सांसदहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेका थिए। यहींबीच संसद सचिवालयले शुक्रबारसम्मको लागि बैठक स्थगित गरिएको सूचना जारी गरेको […]

एमसीसीको बिरोधमा दशौं हजार सडकमा, संसद बैठक स्थगित

प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने भएपछि यसको बिरोधमा संसद भवन क्षेत्र रहेको वानेश्वरमा दशौं हजार नागरिक सडकमा उत्रिएका छन् । सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलका भ्रातृ संगठनले नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनको नेतृत्व गरेका छन् । यसबीच स)सद बैठक स्थगित भएपछि एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले एमसीसीको …

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ – प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेकपा माओवादी केन्द्रको महाधिवेशन लम्बिएका कारण स्थगित भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची थियो। यससँगै बिहान साढे ११ बजे बस्ने भनिएको कार्यव्यवस्था […]

तस्वीर : संसद भवन बाहिर प्रम देउवा

प्रतिनिधि सभाको मंगलवारको बैठक स्थगित भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर  : रासस

बैठक स्थगित भएपछि संसद भवन पुगे ओली

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । संसदको नवौँ अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधि सभाको पहिलो बैठक एमालेका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ । बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन् । The post बैठक स्थगित भएपछि संसद भवन पुगे ओली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.