प्रधानमन्त्री दाहालसँग भारतीय राजदूतको भेटवार्ता, सुनाए मोदीको शुभकामना सन्देश

काठमाडौं, १५ पुष । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो क्रममा उनले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश पनि वाचन गरेर सुनाएका थिए । प्रधानमन्त्री दाहालको सचिवालयले भने उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउनेबारे छलफल भएको थियो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि प्रधानमन्त्री देउवासँग राजदूत श्रीवास्तवले भेटवार्ता गरेका छन् । भेटमा राजदूत श्रीवास्तवले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाउँदै पछिल्लो समयमा प्रधानमन्त्री देउवाबाट...